काठमाण्डु – नेपाली कांग्रेसको १५औँ महाधिवेशन आइतबारदेखि काठमाण्डुको खुलामञ्चमा सुरु हुँदैछ । आइतबार २ बजे कांग्रेसको १५औँ महाधिवेशनको औपचारिक उद्घाटन हुने कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिए । कांग्रेसले महाधिवेशन स्थलमा आउने सहभागी तथा प्रतिनिधिहरूका सवारीसाधन पार्किङका लागि ८ स्थानमा व्यवस्थापन मिलाएको छ । कांग्रेस महाधिवेशन आयोजक समिति अन्तर्गतको यातायात व्यवस्थापन समितिका संयोजकसमेत रहेका कांग्रेस