पत्रकारबाट ट्रम्पको सञ्चार टोलीमा छलाङ, २४ वर्षीया हार्मनी ह्वाइट हाउसमा

  • शनिबार १७ असो २०८३ ०३:३८ PM
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले २४ वर्षीया पत्रकार बेनी रे हार्मनीलाई ह्वाइट हाउसको प्रवक्ता तथा सहायक प्रेस सेक्रेटरी नियुक्त गरेको छ । हार्मनी यसअघि ‘रियल अमेरिकाज भ्वाइस’मा ह्वाइट हाउस संवाददाताका रूपमा कार्यरत थिइन् । उनले सोमबारदेखि नयाँ जिम्मेवारी सम्हाल्नेछिन् । हार्मनीको नियुक्ति ह्वाइट हाउसमा स्थायी प्रेस सेक्रेटरीको पद रिक्त रहेका बेला भएको हो