कांग्रेसको १५औँ महाधिवेशनको तयारी पूरा, भोलि खुलामञ्चमा उद्घाटन

  • शनिबार १७ असो २०८३ ०४:१२ PM
नेपाली कांग्रेसको १५औँ महाधिवेशन भोलि असोज १८ गते दिउँसो २ बजे काठमाडौंको टुँडिखेलस्थित खुलामञ्चमा उद्घाटन हुँदैछ। कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले निर्वासनबाट स्वदेश फर्किएपछि पहिलो सार्वजनिक सम्बोधन गरेको स्थलसमेत खुलामञ्च हो। यही स्थलमा कांग्रेसका अर्का संस्थापक नेता गणेशमान सिंहले २०४६ सालको जनआन्दोलनको सफलताको उद्घोष गरेका थिए। महाधिवेशनको उद्घाटन सभापति गगनकुमार थापाले गर्नेछन्।