कांग्रेस महाधिवेशन : केन्द्रीय पदमा उठेका व्यक्ति प्रदेश र जिल्लामा उम्मेदवार बन्न नपाउने

  • शनिबार १७ असो २०८३ ०४:१३ PM
नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवार बनेको व्यक्ति त्यसपछि हुने प्रदेश र जिल्ला कार्यसमितिमा उम्मेदवार बन्न नपाउने भएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै पार्टी विधानमा रहेको वैधानिक व्यवस्थाबारे सबैलाई पुनः स्मरण गराएको हो । केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालद्वारा जारी विज्ञप्तिअनुसार नेपाली कांग्रेसको विधान २०१७