काठमाडौं । महिला उद्यमी तथा व्यवसायीले उत्पादन गरेका वस्तुको बजारीकरण, प्रवद्र्धन तथा व्यापार विस्तार गर्ने उद्देश्यले काठमाडौंको जमलमा ‘चेम्बर बजार’ सञ्चालनमा आएको छ । नेपाल महिला चेम्बरको आयोजनामा नेपाल चेम्बर अफ कमर्सको जमलस्थित भवनमा शनिबारदेखि ‘चेम्बर बजार’ सञ्चालनमा आएको हो । बजारमा खाद्यान्न, लत्ताकपडा, हस्तकलाका सामग्री, साल्ट ट्रेडिङलगायतका विभिन्न वस्तुका स्टल राखिएका छन् । चेम्बर बजारमा महिला उद्यमी तथा व्यवसायीले उत्पादन गरेका विभिन्न वस्तुका साथै आयात–निर्यातसँग सम्बन्धित सामग्रीसमेत बिक्री तथा प्रदर्शनीका लागि राखिएको आयोजकले जनाएको छ । बजार उद्घाटन कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष उर्मिला श्रेष्ठले महिला उद्यमीका उत्पादनलाई उपभोक्तासम्म पुर्याउन ‘चेम्बर ... The post महिला उद्यमीका उत्पादन प्रवद्र्धन गर्न जमलमा ‘चेम्बर बजार’ सञ्चालन appeared first on Kalika Khabar.