काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घले नेपाल र रसियाबीचको आर्थिक तथा व्यापारिक सम्बन्धलाई थप विस्तार गर्न द्विपक्षीय सहकार्यलाई नयाँ चरणमा लैजानुपर्नेमा जोड दिएको छ । नेपालका लागि रसियाली राजदूत अलेक्सेइ भी. सुरोभेस्तोभसँग महासङ्घ सचिवालय टेकुमा भएको भेटमा महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले रसियाली बजारमा नेपाली वस्तुको निर्यात विस्तार तथा नेपालमा जलविद्युत्, पर्यटन, पूर्वाधार र प्रविधि क्षेत्रमा रसियाली लगानी भित्र्याउने पर्याप्त सम्भावना रहेको बताए । अध्यक्ष श्रेष्ठले नेपाल र रसियाबीचको व्यापारको वर्तमान आकार अपेक्षाकृत सानो रहेको उल्लेख गर्दै निजी क्षेत्रबीच प्रत्यक्ष सम्पर्क, व्यवसाय–व्यवसाय (बीटुबी) बैठक तथा व्यापारिक अवसरको पहिचानलाई प्राथमिकता दिनुपर्ने बताए । उनले महासङ्घ ... The post नेपाल–रसिया आर्थिक सहकार्य नयाँ चरणमा लैजान महासङ्घको जोड appeared first on Kalika Khabar.