भोलि हुने कांग्रेस महाधिवेशनमा सहभागी हुन देउवालाई निम्तो पत्र

  • शनिबार १७ असो २०८३ ०२:२६ PM
काठमाण्डु – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भोलि आईतबारदेखि सुरु हुने महाधिवेशनमा सहभागी हुन पूर्वसभापति शेरबहादुर देउवालाई औपचारिक निम्तो पत्र पठाएका छन् । पार्टीका सहमहामन्त्री योगेन्द्र चौधरीमार्फत उनले औपचारिक पत्र पठाएका हुन् । पत्र लिएर चौधरी चुनदेवीस्थित देउवा निवास पुगेका थिए । चुनदेवीमा देउवासँग भेट नभए पनि औपचारिक पत्र पुर्‍याएर फर्किएको उनले जानकारी दिए ।