काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति गठन गर्दै विभिन्न केन्द्रीय विभागका प्रमुख तथा उपप्रमुख मनोनयन गरेको छ । सभापति रवि लामिछानेको अध्यक्षतामा शनिबार पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले असोज २० देखि २७ गतेसम्म ७७ जिल्लाका ७५३ वटै पालिकामा पुगेर जनतासँग छलफल तथा सुझाव