म्याग्दी । गत हप्ताको बाढीपहिरोका कारण म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा निर्माणाधीन र सञ्चालनमा रहेका जलविद्युत् आयोजनाहरूमा ठूलो क्षति पुगेको छ । दुई सय ६६ मेगावाट क्षमताका तीन वटा निर्माणाधीन आयोजना प्रभावित भएका छन् भने २१६ मेगावाटका आठ वटा आयोजनाको विद्युत् राष्ट्रिय प्रणाली बाहिर भएका छन् । हाइड्रो सपोर्ट प्रालि प्रवर्धक रहेको ६६ दशमलव तीन मेगावाट क्षमताको