लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य

  • शनिबार १७ असो २०८३ ११:३८ AM
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य कुष्ठरोग निवारणलाई प्राथमिकतामा राखेर प्रदेशका सबै जिल्लामा छाला रोग परीक्षण अभियान सञ्चालन गर्ने बताएका छन् । नेपाल कानुन समाजद्वारा आयोजित ‘कुष्ठ प्रभावित व्यक्तिहरूका संवैधानिक तथा कानुनी अधिकार’ विषयक अन्तरक्रियामा उनले कुष्ठरोगका बिरामीको सङ्ख्या घट्दो क्रममा रहे पनि रोगको पहिचान र उपचारमा अझै प्रभावकारी पहल आवश्यक रहेको बताए ।