काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहको आज जन्मदिन परेको छ । जन्मदिनको अवसरमा आजपाको सचिवालय बैठक चलिरहेका बेला नेताकार्यकर्ताले बैठकस्थलमै केक काटेर साहलाई शुभकामना दिएका छन् । काठमाडौंको कोटेश्वरमा आजपा सचिवालयको बैठक चलिरहेको समयमा सचिवालय सदस्य बालकृष्ण सापकोटाले आकस्मिक रूपमा केक लिएर बैठकमै जन्मदिन मनाउने कार्यक्रम अघि बढाएका थिए । बैठककै बीचमा केक काट्दै नेताकार्यकर्ताले अध्यक्ष साहलाई जन्मदिनको शुभकामना तथा आगामी दिनका लागि शुभेच्छा व्यक्त गरेका हुन् । बैठकमा सहभागी नेताकार्यकर्ताले अध्यक्ष साहको सुस्वास्थ्य, दीर्घायु तथा राजनीतिक यात्राको सफलताको कामना गर्दै शुभकामना आदानप्रदान गरेका थिए । ... The post आजपा सचिवालय बैठकमा आकस्मिक जन्मदिन समारोह, प्रभु साहलाई शुभकामना आदानप्रदान appeared first on Kalika Khabar.