कमल थापाको दाबी- संविधानसभा निर्वाचनअघि प्रचण्ड, बाबुरामले राजासँग सहकार्यको प्रस्ताव गरेका थिए

  • शनिबार १७ असो २०८३ ०१:५१ PM
राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवं पूर्वउपप्रधानमन्त्री कमल थापाले पहिलो संविधानसभा निर्वाचनअघि तत्कालीन नेकपा (माओवादी)का शीर्ष नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ र डा. बाबुराम भट्टराईले पूर्वराजा ज्ञानेन्द्र शाहसँग सहकार्यको प्रस्ताव गरेको दाबी गरेका छन् । थापाले आफ्नो नयाँ पुस्तक ‘रिइम्याजिनिङ नेपाल’ मार्फत यस्तो दाबी सार्वजनिक गरेका हुन् । उनका अनुसार २०६४ चैत २८ गते सम्पन्न पहिलो संविधानसभा