जेनजी आन्दोलनपछि फेरि संवैधानिक प्रश्न : प्रभु साहले मागे अन्तरिम सरकार र अन्तरिम संविधान

  • शनिबार १७ असो २०८३ ११:४० AM
काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले मुलुकमा देखिएको वर्तमान राजनीतिक संकटको समाधानका लागि अन्तरिम संविधानसहित अन्तरिम सरकार गठन जरूरी रहेको बताएका छन् । काठमाडौंको कोटेश्वरमा आज (शनिबार) बसेको आजपाको सचिवालयको बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै अध्यक्ष साहले जेनजी आन्दोलनले उठाएका मुख्य मुद्दालाई सम्बोधन गर्न पनि अन्तरिम सरकार र अन्तरिम संविधान आवश्यक रहेको दाबी गरेका छन् । उनका अनुसार जेनजी आन्दोलनपछि अन्तरिम सरकार गठन गरिए पनि त्यसअनुसार संविधान निर्माण नगरिनु नै अहिलेको राजनीतिक अन्योलको एउटा प्रमुख कारण बनेको बताए । उनले अहिलेको राजनीतिक अवस्थाले संविधान र सरकारबीच नै गम्भीर ... The post जेनजी आन्दोलनपछि फेरि संवैधानिक प्रश्न : प्रभु साहले मागे अन्तरिम सरकार र अन्तरिम संविधान appeared first on Kalika Khabar.