काठमाण्डु – नेपाली कांग्रेसको १५औँ महाधिवेशनका प्रतिनिधिले ३ हजार ५०० रुपैयाँ दर्ता शुल्क तिर्नुपर्ने भएको छ । महाधिवेशनका लागि देशभरबाट प्रतिनिधिहरू काठमाण्डु आउने क्रम जारी रहेको कांग्रेसले जनाएको छ । महाधिवेशनको तयारीबारे जानकारी दिन शनिबार उद्घाटनस्थल खुलामञ्चमा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता देवराज चालिसेले महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए । उनका अनुसार प्रतिनिधिहरूको