काठमाडौं । ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले उद्योगीहरूसँगको विद्युत् बक्यौता असुलीमा कडाइ गर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएका छन् । शनिबार कुलेखानी जलाशयको निरीक्षणका क्रममा मन्त्री श्रेष्ठले उद्योगहरूलाई मागअनुसार विद्युत् उपलब्ध गराउने व्यवस्था सुनिश्चित गर्दै बक्यौता असुलीमा पनि कडाइ गर्न निर्देशन दिएका हुन् । हेटौँडा औद्योगिक क्षेत्रमा हाल करिब ४० मेगावाट विद्युत्को माग रहेको भन्दै उनले उक्त