आवासको हक सुनिश्चित गर्न सरल किस्ताबन्दीमा घर उपलब्ध गराउँदै सरकार

  • शनिबार १७ असो २०८३ ११:४८ AM
काठमाडौं । सरकारले निम्न तथा मध्यम आय भएका नागरिकलाई सरल किस्ताबन्दीमा घर उपलब्ध गराउने व्यवस्था प्रस्ताव गरेको छ । प्रधानमन्त्री बालेन्द्र शाहले नागरिकको आवासको हक सुनिश्चित गर्न भवन ऐन, २०८३ मार्फत यस्तो व्यवस्था गर्न लागिएको बताएका छन् । विधेयकमा पहिलोपटक घर निर्माण गर्ने नेपाली नागरिकलाई सरकारले तोकेको ढाँचा तथा मापदण्डअनुसार घर निर्माण गर्न आवश्यक नदीजन्य