त्रिविका सबै परीक्षा केन्द्रमा सीसी क्यामरा अनिवार्य

  • शनिबार १७ असो २०८३ १२:०३ PM
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) परीक्षा नियन्त्रण कार्यालयले वार्षिक परीक्षा सञ्चालन हुने सबै परीक्षा केन्द्रमा सीसी क्यामरा जडान गर्न अनिवार्य गरेको छ । त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको भदौ ३ गते बसेको बैठकको निर्णयअनुसार परीक्षा सञ्चालन कक्ष, उत्तरपुस्तिका सिलबन्दी गर्ने कक्ष र परीक्षा केन्द्रको प्रवेशद्वार स्पष्ट देखिने गरी सीसी क्यामरा जडान गर्नुपर्नेछ । जडान गरिएका