काठमाण्डु– सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद एवम् पूर्वप्रवक्ता मनिष झाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) स्वयम् संवाद र छलफलका लागि खुला रहेको बताएका छन्। तर उनको सचिवालयमा राजनीतिक पृष्ठभूमिबाहिरका केही सल्लाहकारको प्रभावले सरकारको कार्यशैलीमा समस्या देखिएको बताएका छन् । पत्रकार सुधीर शर्मासँगको ‘अनि अब’ पोडकास्ट अन्तर्वार्तामा झाले प्रधानमन्त्रीको नियत र इमानदारीमाथि प्रश्न नरहेको स्पष्ट गर्दै