काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठकमा जुम्लाको स्याउ बाँडिएपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले पार्टी सभापति रवि लामिछानेलाई धन्यवाद दिएका छन्। केन्द्रीय समिति बैठक जुम्लाको स्याउ बाँडेर सुरू गरेकोमा लामिछानेलाई धन्यवाद दिँदै शाहीले यसबाट जुम्लाको स्याउको प्रचारमा सहयोग पुग्ने बताएका छन्। यसका साथै उनले जुम्लाका किसानले उत्पादन गरेको स्याउले उचित मूल्य नपाइरहेको