ज्यापु समाजको मानार्थ सदस्य बन्ने सांसद खरेलको इच्छा, भने– ‘जगदीश खरेल नेवार भनेर चिनिन मन छ’

  • शनिबार १७ असो २०८३ १०:३४ AM
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेलले नेवार समुदाय, मौलिक परम्परा र संस्कृतिप्रति आफ्नो गहिरो आत्मीयता रहेको बताएका छन् । ललितपुरमा आयोजित ज्यापु समाजको एक कार्यक्रममा बोल्दै सांसद खरेलले आफूलाई ‘जगदीश खरेल नेवार’ भनेर चिनाउने इच्छा रहेको बताए । समाजको विधान, नियम र परम्पराले दिए आफूलाई अधिकारविहीन ‘मानार्थ सदस्य’का रूपमा स्वीकार गर्न