एक हजारभन्दा बढीको सहभागितामा सम्पन्न भयो ‘पिंकवाक २०२६’

  • शनिबार १७ असो २०८३ ११:१५ AM
काठमाडौं । स्तन क्यान्सरसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको ‘पिंकवाक २०२६’ एक हजारभन्दा बढीको सहभागितामा सम्पन्न भएको छ । शनिबार बिहान काठमाडौंको बसन्तपुरस्थित काठमाडौं दरबार स्क्वायरबाट सुरु भएको पदयात्रा ललितपुरको मंगलबजारस्थित पाटन दरबार स्क्वायरमा पुगेर समापन भएको हो । सहभागीहरूले स्तन क्यान्सरसम्बन्धी सचेतनामूलक प्लेकार्ड बोकेर धिमेबाजासहित पदयात्रा गरेका थिए । कार्यक्रममा अनुराधा कोइराला, डा.ओजश्वी