काठमाण्डु- नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहका नेता डा. प्रकाशशरण महतले सभापति गगनकुमार थापा नेतृत्वसँग चर्को असन्तुष्टि पोखेका छन् । उनले कांग्रेस संसद् र संसद्बाहिर दुवैतिर प्रतिपक्षी भूमिका निर्वाह गर्न असफल भएको पनि बताएका छन्। शनिबार काठमाडौंको महाराजगञ्जमा सञ्चारकर्मीसँग अन्तरक्रिया गर्दै पूर्वअर्थमन्त्रीसमेत रहेका महतले प्रतिपक्षीले बलियो भूमिका निर्वाह गर्न नसक्दा संसदीय व्यवस्था र लोकतन्त्र नै कमजोर