काठमाण्डु- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन आएका महाधिवेशन प्रतिनिधिहरूको दर्ता प्रक्रिया शनिबारदेखि सुरू भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसोदेखि महाधिवेशन प्रतिनिधिको दर्ता प्रक्रिया सुरू गरिएको हो। प्रतिनिधिहरूको सहजताका लागि दर्ता गर्न हरेक प्रदेशका लागि छुट्टाछुट्टै कोठाको व्यवस्था गरिएको छ। दर्तापछि महाधिवेशन प्रतिनिधिहरूलाई १५औँ महाधिवेशनको झोला उपलब्ध गराइनेछ। झोलामा पार्टीको विधान, कापी, कलमलगायतका सामग्री