५० हजार युवालाई अघि सार्दै कांग्रेसले भन्यो, ‘यो महाधिवेशनबाट नयाँ इतिहास बनाउँछौं’

  • शनिबार १७ असो २०८३ १०:०९ AM
काठमाण्डु- नेपाली कांग्रेसको १५औँ महाधिवेशन आइतबार दिउँसो काठमाण्डुको खुलामञ्चमा उद्घाटन हुँदैछ। महाधिवेशनको सबै तयारी पूरा भइसकेको कांग्रेसले जनाएको छ। शनिबार कांग्रेस प्रवक्ता देवराज चालिसेले २०८२ पुस २८ देखि माघ ३ गतेसम्म सम्पन्न दोस्रो विशेष महाधिवेशनपछि हुन लागेको १५औँ महाधिवेशनलाई ऐतिहासिक भनेका छन् । उनका अनुसार महाधिवेशन त्यही टुँडिखेलमा हुँदैछ, जहाँ बीपी कोइरालाले निर्वासनबाट स्वदेश फर्किएपछि