काठमाडौं । चाडपर्व, विपद् वा आपत्कालीन अवस्थाको मौका छोपेर यात्रुसँग स्वीकृतभन्दा बढी हवाई भाडा लिने वायुसेवा कम्पनीलाई १५ लाख रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था प्रस्ताव गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणसम्बन्धी कानुन संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमा यस्तो व्यवस्था प्रस्ताव गरिएको हो । प्रस्तावित विधेयकमा स्वीकृत भाडादरभन्दा बढी रकम लिएर उडान सञ्चालन गर्नुलाई कसुर