काठमाडौं । नागरिक उड्डयन क्षेत्रमा नियमनकारी निकायका अधिकारीले अवकाशलगत्तै वायुसेवा कम्पनीमा जागिर खाने प्रवृत्ति रोक्न सरकारले कडा कानुनी व्यवस्था प्रस्ताव गरेको छ । सङ्घीय संसद्मा पेस भएको नेपाल नागरिक उड्डयन प्राधिकरणसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८३ मा प्राधिकरणका उच्च अधिकारीलाई पदबाट बाहिरिएपछि निश्चित समयसम्म वायुसेवा कम्पनीमा काम गर्न रोक लगाउने व्यवस्था गरिएको