कांग्रेसमा पदाधिकारी संख्या बढाउने तयारी, उपसभापति र महामन्त्री एक-एक थपिने

  • शनिबार १७ असो २०८३ ०९:१६ AM
काठमाडौं । नेपाली कांग्रेसले पार्टीका पदाधिकारीको संख्या बढाउने तयारी गरेको छ । भोलिदेखि काठमाडौंमा सुरु हुने पार्टीको १५औँ महाधिवेशनबाट विधान संशोधन गर्दै पदाधिकारी संख्या थप गर्ने तयारी गरिएको हो । महामन्त्री प्रदीप पौडेलको संयोजकत्वमा रहेको विधान संशोधन समितिले विधान संशोधनका विषयमा छलफल गरिरहेको छ । महाधिवेशनको बन्दसत्रमा पदाधिकारी संख्या बढाउने प्रस्ताव लैजाने तयारी रहेको कांग्रेसका