महामन्त्रीका आकांक्षी महरले अघि सारे कांग्रेस रूपान्तरणका एजेन्डा

  • शनिबार १७ असो २०८३ ०८:१५ AM
नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदका आकांक्षी नैनसिंह महरले पार्टीको आन्तरिक एकता, गुटगत राजनीतिमुक्त संगठन, अवसरको न्यायोचित वितरण, प्रशिक्षणमा आधारित क्रियाशील सदस्यता र नयाँ पुस्ताको सहभागितालाई आफ्नो प्रमुख एजेन्डाका रूपमा अघि सारेका छन् । काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा महरले कांग्रेसभित्र देखिएको विभाजनप्रति चिन्ता व्यक्त गर्दै पार्टी एकताका लागि आफूले लामो समयदेखि पहल गरे पनि ठोस परिणाम