नेपाली काँग्रेसका नेता डा. सुनिल शर्माले पार्टीको १५ औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । शनिवार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी उनले उम्मेदवारी घोषणा गरेका हुन् । उनले बदलिँदो राजनीतिक परिस्थितिमा पार्टीलाई जनतासँग प्रत्यक्ष जोड्ने उद्देश्यसहित महामन्त्री पदमा उम्मेदवारी दिने निर्णय गरेको बताए । उनले काँग्रेसलाई दूर दराजका नागरिकसँग जोड्दै सामान्य