नेपाली काँग्रेसका नेता डा. सुनिल शर्माले पार्टीभित्र देखिएको विवादलाई लिएर कांग्रेस विभाजन नभएको दाबी गरेका छन् । शनिवार महामन्त्री पदमा उम्मेदवारी घोषणा गर्नेक्रममा उनले काँग्रेसभित्र केही विवाद देखिएपनि पार्टी विभाजन नभएको दाबी गरेका हुन् । उनले काँग्रेसभित्रको विवाद मिलाउने जिम्मेवारी आफुहरुको रहेको बताए । महामन्त्रीमा विजयी भएमा शुरुमा नै पार्टीभित्रको विवाद समाधानमा आफू लाग्ने उनको