काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले मकवानपुरस्थित कुलेखानी जलविद्युत आयोजना बाँधको निरीक्षण गरेका छन् । पछिल्लो ८-१२ असोजको भारी वर्षाले खतराको सतह पार गरेको बाँधको वस्तुस्थिति बुझ्न मन्त्री श्रेष्ठ शनिबार कुलेखानी ड्याम पुगेका थिए। मन्त्री श्रेष्ठलाई नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक दिर्घायुकुमार श्रेष्ठ र प्राधिकरणका कर्मचारीले वस्तुस्थितिबारे ब्रिफिङ गराएका थिए । मन्त्री श्रेष्ठले कुलेखानी बाँध सुरक्षित रहेको र अवस्था सामान्य रहेको बताए । भारी वर्षाको बेला बाँधमा उच्च निगरानी राखिएको र सबै रणनीति अपनाइएको बताए । ‘सतह म्यानेज गर्ने, २४ सै घण्टा निगरानीमा राख्ने, तल्लो तटमा पनि सूचना प्रवाह ... The post ऊर्जामन्त्री श्रेष्ठले गरे कुलेखानी जलविद्युत् ड्यामको निरीक्षण appeared first on Kalika Khabar.