आजदेखि तेस्रो पथरी-शनिश्चरे गोल्डकप, उद्घाटन खेलमा पथरी-११ र युकेएफसी भारत भिड्दै

  • शनिबार १७ असो २०८३ ०८:०४ AM
मोरङ- मोरङको पथरीशनिश्चरेमा शनिबारदेखि तेस्रो पथरी–शनिश्चरे गोल्डकप फुटबल प्रतियोगिता सुरु हुँदैछ। प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक पथरी–११ फुटबल क्लबले जनाएको छ। पथरी रंगशालामा हुने उद्घाटन खेलमा आयोजक पथरी–११ फुटबल क्लब र भारतको युकेएफसी आमनेसामने हुँदैछन्। क्लबका अध्यक्ष सुमन विकेका अनुसार प्रतियोगितामा नेपालका चर्चित क्लब र भारतको एक टोलीसहित आठ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।