कांग्रेस महाधिवेशन : सोमबार राष्ट्रिय सभागृहमा उम्मेदवारी मनोनयन

  • शनिबार १७ असो २०८३ ०७:१८ AM
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि सोमबार उम्मेदवारको मनोनयनपत्र दर्ता हुने भएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिले जारी गरेको प्रेस विज्ञप्तिअनुसार असोज १९ गते सोमबार दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म काठमाडौंस्थित राष्ट्रिय सभागृहमा उम्मेदवारको मनोनयनपत्र दर्ता हुनेछ । विज्ञप्तिमा तोकिएको समयभित्र केन्द्रीय महाधिवेशन प्रतिनिधि सदस्य तथा महाधिवेशनबाट उम्मेदवार बन्न