नेपालबाट मनसुन बाहिरिन थाल्यो, केही दिनमा देशभरबाट बाहिरिने सम्भावना

  • शनिबार १७ असो २०८३ ०८:११ AM
काठमाडौं । यस वर्षको मनसुन आज बिहानदेखि नेपालको सुदूरपश्चिमसहित विभिन्न भूभागबाट बाहिरिन थालेको छ । नेपाल मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका साथै लुम्बिनी प्रदेशको पश्चिमी भूभागका धेरै स्थानबाट मनसुन बाहिरिएको छ । यस्तै, गण्डकी प्रदेशको पश्चिमी भूभागका थोरै स्थानबाट पनि मनसुन बाहिरिएको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मनसुनी