रास्वपाको केन्द्रीय समिति बैठक बस्दै 

  • शनिबार १७ असो २०८३ १२:०१ PM
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज अपराह्न वनस्थलीस्थित घन्टीघरमा बस्दैछ । पार्टी प्रवक्ता जगदीश खरेलका अनुसार बैठकमा स्थानीय तह निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति सदस्य मनोनयनलगायत विषयमा छलफल हुनेछ। बैठकमा विभागीय प्रमुख तथा उपप्रमुख मनोनयन, केन्द्रीय समिति तथा प्रतिनिधिसभा सदस्यको नेतृत्वमा सञ्चालन हुने ‘हामी आउँदै छौँ’ अभियान र मधेश प्रदेश संगठनको ‘अडिट’ प्रतिवेदनमाथि पनि छलफल हुनेछ ।