काठमाडौँ । वरिष्ठ पत्रकार हरि लम्सालको ७८ वर्षको उमेरमा ह्याम्स अस्पतालमा निधन भएको छ । उनि फोक्सोको उपचार गराइरहेका थिए । स्वर्गीय लम्साल नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाका पूर्वसभापति थिए । उनका दुई छोरा, दुई जना छोरी र श्रीमती छन् । यसैबीच, नेपाल पत्रकार महासङ्घका पूर्वसभापति तारानाथ दाहालले पत्रकार लम्सालको निधनप्रति दुःख व्यक्त गर्दै नेपाली पत्रकारितामा निरन्तर ५० वर्षभन्दा बढी समय क्रियाशील उनले राष्ट्रवाणी साप्ताहिकलाई सम्पादकीय नेतृत्व दिनुभएको बताएका छन् ।