पोखरीमा २८ वर्षीय युवकको शव फेला

  • शनिबार १७ असो २०८३ ०६:३० AM
रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिका–१ बैरगिनिया टोलमा एक युवक पोखरीमा मृत फेला परेपछि प्रहरीले घटनाको अनुसन्धान थालेको छ । स्थानीय रामहरि दासका छोरा २८ वर्षीय राजेश दास शुक्रबार बिहान स्थानीय अरविन्द यादवको पोखरीमा घोप्टो परेको अवस्थामा मृत भेटिएका हुन् । पोखरीमा युवकको शव देखेपछि स्थानीयले बिहान १० बजेर ५ मिनेटमा प्रहरीलाई खबर गरेका थिए । सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय सन्तपुरबाट प्रहरी सहायक निरीक्षक ९सई० विनोद पासवानको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो । घटनाको संवेदनशीलतालाई ध्यानमा राख्दै प्रहरीले घटनास्थल सुरक्षित गरी प्रारम्भिक अनुसन्धान अघि बढाएको छ । थप अनुसन्धानका लागि इलाका प्रहरी ... The post पोखरीमा २८ वर्षीय युवकको शव फेला appeared first on Kalika Khabar.