फ्लाई दुबईका क्याप्टेनमाथि आक्रमण गर्ने सहपाइलटको पहिचान खुल्यो

  • शनिबार १७ असो २०८३ ०६:४१ AM
काठमाण्डु- दुबईबाट तेल अभिव जाँदै गरेको फ्लाई दुबईको उडानमा भारतीय पाइलट क्याप्टेन स्मित मछारमाथि आक्रमण गर्ने सहपाइलटको परिचय खुलेको छ । अमेरिकी सञ्चार माध्यम सीएनएनले फ्लाईदुबई विमान आक्रमण प्रकरणमा पाइलट मच्छरमाथि आक्रमण गर्ने व्यक्ति हमाम अल-हमामी रहेको विवरण सार्वजनिक गरेको छ । उनी ओमानका नागरिक हुन् । उनको जन्म संयुक्त अरब इमिरेट्स (यूएई)मा भएको थियो।