कांग्रेस महामन्त्रीमा डा. सुनिल शर्माको दाबी, भने– ‘कांग्रेस बनाउँछौँ, देश बनाउँछौँ’

  • शनिबार १७ असो २०८३ ०६:३२ AM
काठमाडौं । नेपाली कांग्रेसका नेता डा.सुनिल शर्माले पार्टीको १५औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । शनिबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै शर्माले बदलिँदो राजनीतिक परिस्थितिमा कांग्रेसलाई जनतासँग प्रत्यक्ष रूपमा जोड्ने उद्देश्यले महामन्त्री पदमा उम्मेदवारी दिने निर्णय गरेको बताए । उनले कांग्रेसलाई देशका दूरदराजमा रहेका नागरिकसँग जोड्दै सामान्य नागरिकका समस्या र आवश्यकतालाई