ऊर्जामन्त्री श्रेष्ठले भने– ‘कुलेखानी ड्याम सुरक्षित छ’

  • शनिबार १७ असो २०८३ ०७:०० AM
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले पछिल्लो समयको भीषण वर्षाका कारण जोखिममा रहेको भनिएको कुलेखानी जलविद्युत् आयोजनाको बाँध क्षेत्रको स्थलगत निरीक्षण गरेका छन् । शनिबार कुलेखानी पुगेर बाँध क्षेत्रको निरीक्षण गरेपछि मन्त्री श्रेष्ठले बाँध पूर्ण रूपमा सुरक्षित र स्थिर रहेको बताएका छन् । उनले सर्वसाधारणलाई कुलेखानी बाँधको अवस्थाबारे ढुक्क रहन आग्रहसमेत गरे ।