अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूहका अध्यक्ष अजय बङ्गाको निमन्त्रणामा दुईदिने भ्रमणका लागि शुक्रबार राति अमेरिकाको वाशिङ्टन डीसी प्रस्थान गरेका छन् । १९ र २० असोजमा हुने भ्रमणका क्रममा अर्थमन्त्री वाग्लेले द्विपक्षीय सहयोग अभिवृद्धि, नेपाललाई एफएटीएफको ग्रे लिस्टबाट बाहिर निकाल्ने प्रयास तथा बृहत् आर्थिक सुधारका विषयमा उच्चस्तरीय भेटवार्ता गर्ने अर्थ मन्त्रालयले जनाएको छ ।