प्रतिनिधिसभाको दोस्रो अधिवेशन हिजो सम्पन्न भएको छ । गत वैशाख २८ गतेदेखि सुरु भएको अधिवेशन १४५ दिन चले पनि संसद् ६२ दिन मात्र बैठकमा बसेको थियो । यस अवधिमा ६८ वटा बैठक भएका छन् । कानुन निर्माण, सरकारका कामकारबाहीमाथि निगरानी र जनताका समस्यालाई राज्यको मूल बहसमा ल्याउने जिम्मेवारी बोकेको संसद्ले यस अधिवेशनमा केही महत्वपूर्ण विधेयक