काठमाडौं । काठमाडौं महानगरपालिकाले विभिन्न निकाय तथा व्यक्तिलाई पठाउने पत्र तथा अन्य हुलाक वस्तु अब हुलाकमार्फत पठाउने भएको छ । महानगरपालिकाले गोश्वारा हुलाक कार्यालय डिल्लीबजारसँग सम्झौता गर्दै पत्र, प्रतिवेदन, निमन्त्रणा, प्रमाणपत्र तथा पार्सललगायत सामग्री हुलाकमार्फत पठाउने व्यवस्था गरेको हो । शुक्रबार महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालको रोहवरमा प्रशासन विभागका प्रमुख महेश काफ्ले र गोश्वारा