कांग्रेस महाधिवेशन : ३० स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क रहने, दुई एम्बुलेन्सको पनि व्यवस्था

  • शनिबार १७ असो २०८३ ०५:०६ AM
काठमाण्डु – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क तयार गरिएको छ। हेल्थ डेस्कमार्फत महाधिवेशन प्रतिनिधिहरूका लागि स्वास्थ्य सेवा प्रदान गरिनेछ। महाधिवेशन आयोजक समिति अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. केदारनरसिंह केसीका अनुसार महाधिवेशन स्थल रहेको खुला मञ्चको पश्चिमतर्फ स्वास्थ्य सेवाका लागि हेल्थ डेस्क बनाइएको छ। पाँच स्टल रहने हेल्थ डेस्क मार्फत सामान्य स्वास्थ्य