किर्गिस्तानले इतिहासमा पहिलोपटक आफ्नो राष्ट्रिय भू-उपग्रह सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको छ । अमेरिकाको क्यालिफोर्नियास्थित भानडेनबर्ग स्पेस फोर्स बेसबाट स्थानीय समयअनुसार अक्टोबर १ मा सो भू–उपग्रह प्रक्षेपण गरिएको हो । यस ऐतिहासिक क्षणमा किर्गिस्तानका राष्ट्रपति सादिर जापारोभ आफैँ प्रक्षेपण केन्द्रमा उपस्थित थिए । अमेरिकी अन्तरिक्ष संस्था स्पेस–एक्सको फाल्कोन ९ रकेटमार्फत अन्य धेरै भू–उपग्रहहरूसँगै किर्गिस्तानको स्याटेलाइटलाई पृथ्वीको