नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी हुने भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाधिवेशनमा सहभागी हुने भएका हुन्। कांग्रेस नेता उदयशमशेर राणाका अनुसार रास्वपा सभापति लामिछानेले महाधिवेशनमा उपस्थित हुने जानकारी गराएका छन्।