काठमाण्डु – बाढी तथा पहिरोका कारण बागमती, गण्डकी र कर्णाली प्रदेशअन्तर्गतका प्रमुख राजमार्ग तथा सडक खण्डहरू अवरुद्ध भएका छन्। प्रहरीका अनुसार रसुवा, मनाङ, म्याग्दी, नवलपरासी (पूर्व) र हुम्लाका विभिन्न स्थानमा बाटो बन्द तथा आंशिक रूपमा प्रभावित भएको हो। प्राप्त पछिल्लो विवरण अनुसार बागमती प्रदेशको रसुवा जिल्लामा असोज १० गते बिहान १० : ३० बजेदेखि आएको