काठमाडौं । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ एस मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको प्रदेश–३–०१–००६ ख १५५३ नम्बरको बस दुर्घटनामा परेको हो । सो बसमा १८ जना सवार थिए । चालकले नियन्त्रण गुमाउँदा बस सडकबाट नालामा पल्टिएको जनाइएको