कांग्रेस महामन्त्रीमा उठ्दै सुनील शर्मा, आज उम्मेदवारी घोषणा

  • शनिबार १७ असो २०८३ ०१:५७ AM
काठमाण्डु- नेपाली कांग्रेसका नेता डा. सुनील कुमार शर्माले पार्टीको १५औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी घोषणा गर्ने भएका छन्। शर्माले शनिबार बिहान ११ बजे नेपाली कांग्रेस केन्द्रीय कार्यालय, सानेपा, ललितपुरमा कार्यक्रम आयोजना गरी महामन्त्री पदमा आफ्नो उम्मेदवारी घोषणा गर्न लागेका हुन्। जीपी कोइराला फाउन्डेसनका अध्यक्षसमेत रहेका शर्माले महाधिवेशनको तयारीसँगै आफ्नो उम्मेदवारी औपचारिक रूपमा सार्वजनिक गर्न लागेका