बस दुर्घटनामा ६ जनाको मृत्यु, १० घाइते

  • शनिबार १७ असो २०८३ ०२:०९ AM
काठमाण्डु – पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–२ स्थित एस मोडमा यात्रुवाहक शनिजबार बिहान बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्। नेपालगञ्जबाट काठमाण्डु आउँदै गरेको प्रदेश ३–०१–००६ ख १५५३ नम्बरको बस चालकले नियन्त्रण गुमाउँदा पूर्व–पश्चिम राजमार्गबाट नालामा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ। बसमा चालकसहित १८ जना सवार थिए।